किसानलाई जागरुक गर्न महोत्सव हुँदै

प्रकाशित समय 1:24:00 AM
मणिलाल विश्वकर्मा
लहान । सिरहाको दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिका को पहलमा स्थानीय किसानहरु लाई जागरुक गर्न नौ दिने महोत्सव हुने भएको छ । 
महोत्सव मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत् स्थानीय किसानलाई गाउँपालिकाको समृद्धिका लागि किसानले गर्न सक्ने कामको विषयमा जागरुक गर्न महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक केदारनाथ यादवले बताए । 
सखुवानन्कारकट्टी गाउँ पालिका ५ महेशबारीमा हुने महोत्सवमा किसानहरुले गाई गोरु, भैंसी, गाई, बाख्रा लगायत का पशु तथा कृषि उपजको प्रदर्शन गरिने संयोजक यादवले जानकारी दिए । ‘प्रदर्शनीमा उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप पुरकार तथा सम्मान गरिने छ  संयोजक यादवले उल्लेख गरे । 
विशेषज्ञको परामर्शसँगै कृषि उपकरण प्रदर्शन महोत्सवमा कृषि तथा पशु विज्ञहरुको उपस्थितिमा किसानहरुलाई व्यवसायिक ढ·ले खेती गर्न परामर्श उपलब्ध गराउनुका साथै कृषिमा उपयोग हुने विभिन्न कृषि उपकरणहरुको समेत प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ । समितिका अनुसार कृषि सम्बन्धी व्यापार व्यसायको प्रबद्र्धन, स्थानीय कृषि उत्पादनको प्रदर्शनीसँगै स्थानीय भेषभूषा, विज्ञान, कला संस्कृति सम्बन्धी विभिन्न स्टलहरु राखिने छ । 
माघ २० देखि २९ गतेसम्म चल्ने महोत्सवका लागि गाउँपालिकाले दोस्रो गाउँसभाको निर्णयको आधारमा सात लाख रुपैयाँ उपलब्ध गराउने भएपनि खर्चको सीमा ३० लाख रुपैयाँको हाराहारीमा पुग्ने आनुमान गरिएको संयोजक यादवले गुनासो गरे । ‘महोत्सवका लागि स्टल राख्न विभिन्न व्यवसायिक प्रतिष्ठान, कम्पनीहरुलाई आग्रह गरिरहेका छौं, तथापि आउने नआउने टु·िएको छैन  संयोजक यादवले भने ‘त्यसैले महोत्सवका लागि हुने खर्च सक्दो घटाउने र नपुग भए अन्य स्रोत खोज्दैछौं । 
अशिक्षा मुख्य चुनौती स्थानीय तहको पुनःगठनमा सिरहाको दक्षिणी भेगमा पर्ने मौवाही, सोठियाइन, महदेवा पोर्ताहा, सखुवानन्कारकट्टी र इटहर्वा गा.वि.स.लाई गाभेर बनाइएको सखुवानन्कारकट्टी गाउँ पालिकाका किसानहरुको अशिक्षा मुख्य चुनौती देखिएको संयोजक यादवले औंल्याए । ‘किसानका लागि संचालन गरिएको माटो परीक्षण शिविरमा १० हजार बढी किसानमध्ये २१ जनाले मात्र माटो परीक्षण गराउनु अशिक्षाकै उदाहरण हो  संयोजक यादवले भने ‘महोत्सवले त्यसलाई हटाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »