बेवारिसे शिशुको पहिचान खुल्यो, आमालाई मुद्दा

प्रकाशित समय 12:10:00 AM
रामभरोसी यादव
गोलबजार  । सिरहाको गोलबजारमा सोमबार परालको कुन्यूमा बेवारिसे अवस्थामा भेटिएको शिशुको पहिचान खुलेको छ । सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाकी २८ वर्षीया पिङ्की सदायले अवैध सम्बन्धबाट जन्मिएको शिशु आफ्नो भएको दावीसहित इलाका प्रहरी कार्यालय गोलबजार उपस्थित भएपछि पहिचान खुलेको हो ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा शिशु उनकै भएको खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार शिशुलाई आमा पिड्ढीको जिम्मा रहने गरी उनी विरुद्ध मुद्दा चलाइ एको छ । प्रहरी नायव उपरीक्षक खरेलले शिशु जन्माएको १२ औं दिनमा बेवारिसे अवस्थामा फालेको कसुर अन्तर्गत बिहीबार मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ । 
यसरी भेटिएको थियो शिशु ः– गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँपको बगैँचामा रहेको परालको कुन्युमा तेल लगाएर सुताइएको अवस्थामा सोमबार बिहान शिशु भेटिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरी बोलाएर जिम्मा लगाएका थिए । गोलबजार प्रहरीका प्रमुख प्रहरी निरीक्षक नविन घिमिरेले पिड्ढी को बयानका आधारमा शिशु पछिल्लो २५ पुसमा जन्मिएका हुन् । बेवारिसे अवस्थामा भेटिएका शिशुलाई प्रहरीले उद्धार गरी तत्काल गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरेको थियो । प्रहरीका अनुसार शिशुको अवस्था अहिले सामान्य रहेको छ । 
देवरसँगको अवैध सम्बन्ध ः– वैदेशिक रोजगारी अन्तर्गत पति पछिल्लो दुई वर्ष दुवई गए लगत्तै पिड्ढीकी मामा ससुराका छोरासँग उनको अवैध सम्बन्ध रहेको खुलेको छ । सिराको लक्ष्मीपुर पतारी गाउँपालिका धन्छवार घर भएका किशोरी सदायका छोरा जगदिश सदायले दाजु घरमा नरहेको फाइदा उठाउँदै आफूसँग पटक पटक सम्बन्ध राखेपछि शिशु जन्मिएको पिङ्कीले बताइन् ।
‘पति विदेशमा रहेका बेला बच्चा जन्मिएपछि गाउँ छिमेकले कुरा काट्ने भएकाले जन्मिएको १२औं दिन कसैले नदेख्ने गरी फालेकी हुँ । पिड्ढीले भनेकी छन् ‘विदेशबाट पनि पतिले जसको बच्चा हो, उसैसँग बस्नु भनेपछि आफ्नो बिचल्ली हुने ठानेर फर्केकी हुँ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »