चिसो भुइ“मै बसेर पढ्न बाध्य कलिला बालबालिका

प्रकाशित समय 12:22:00 AM
सिरहा । सिरहा नगर पालिका –९ मा रहेको आधारभूत विद्यालय ठेंगहीका बालबालिका विद्यालय को चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । दलित र मुस्लिम समुदायका बालबालिका धेरै रहेको विद्यालयमा विद्यार्थी आफै घरबाट प्लास्टिकको बोरा लिएर विद्यालय जाने गरेका छन् । 
जम्मा ८४ जना बालबालिका अध्ययन गर्दै आएका विद्यालय का प्रध्यानाध्यापक दुःखी यादव का अनुसार उनी आफु एक जनाले मात्र विगत पाँच वर्षदेखि विद्यालयमा बहुकक्षा शिक्षा गराउँदै आएका छन् । अध्ययापन हाल तात्कालिन गाउँ विकास समितिको भवनमा सञ्चालन भइरहेको छ । विद्यालयमा ८४ बालबालिका भर्ना भएपनि दैनिक ३५ देखि ४५ बालबालिकाको उपस्थिती हुने गरेको प्रअ यादवले बताए । विद्यालयमा उनी एक जनामात्र शिक्षाक हुन् ।
दलित उत्थानमा पनि बहुकक्षा सिरहा नगरपालिका १० मा रहेको अर्को दलित उत्थान आधारभूत विद्यालयमा पनि बहुकक्षा सञ्चालन हुने गरेको छ । ९५ बालबालिका रहेको उक्त विद्यालयमा दलित समुदायका अधिकांश बालबालिका अध्ययन गर्ने गरको प्रध्या नाध्यापक योगेन्द्र साहले बताए । एक जनामात्र शिक्षक रहेका उक्त विद्यालयहरुमा दिउँसो निःशुल्क खाजा कार्यक्रम रहेकोले विद्यार्थी हरुको उपस्थिती हुनेगरेको उनले बताए । प्रध्यानाध्यापकलाई कुनै मिटिङ अथवा अस्वस्थ भएमा विद्यालयनै बन्द हुने गरेको छ । 
अनुगमन छैन सिरहा नगर पालिका अन्तर्गत रहेको शिक्षा शाखाले विद्यालयको समस्या अथवा अवस्थाबारे कुनै चासो दिएको छैन् । स्थानीय सरकार मातहतमा शिक्षालाई भाभिएपनि आज सम्म कुनै अनुगमन भएको छैन् । सिरहा नगरपालिकाका स्रोत व्यक्ति जीवनेश्वर यादवले भने अब विद्यालय अनुगमन गर्ने तयारीमा रहेको बताए । 
जनप्रतिनिधीको पनि वेवास्था स्थानीय तहमा शिक्षालाई गाभिएपनि स्थानीय जनप्रति निधीको चासो गएको छैन् । वडागत योजनाबाट शिक्षा क्षेत्रको लागि बजेट विनियोजन गरिएपनि वडा नम्बर ९ र १० का दुई विद्यालयमा वडा अध्यक्षहरुको निगरानी देखिएको छैन् ।वडा नम्बर ९ का अध्यक्ष हरिदेव यादवका अनुसार प्रध्याना ध्यापकले सोध्दैन, कसरी के गर्ने, त्यो छलफल हुनै सकेको छैन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »