फस्टाउँदै लागूऔषध कारोबार

प्रकाशित समय 10:06:00 PM
सिरहा । सिरहा नगर पालिका–१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दी गाउँपालिका–२ का १९ वर्षीय बल्लुकुमार यादव छन् ।
भारतको जयनगरबाट सिरहा तर्फ आइरहेको स९प५४३१ नम्बर को मोटरसाईकल रोकेर जाँच गर्दा यादवले पिठयूमा बोकेको झोलाभित्र तीन वटा कालो क्ष्लाष्टिको झालाभित्र १ सय ९९ एम्पुल फेनार्गन १ सय ९९ एम्पुल डाइजिल्याब र २ सय एम्पुल नुफिल बरामद भएको सिरहा प्रहरी प्रमुख (एसपी) जीवक श्रेष्ठ ले जानकारी दिए । बरामद लागू औषध मोटरसाईकलसहित यादव लाई पक्राउ गरी आवश्यक अनु सन्धान सुरु गरिएको श्रेष्ठले बताए ।
मंगलबार दिउँसो साढे तीन बजे प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१५ बाट १४ थान नाइट्रोभेट ट्याबलेटसहित तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुर कटानी नगरपालिका–४ का ३४ वर्षीय बाबा तामाङ, सिरहा नगर पालिका–१ का २१ वर्षी गणेश पासमान सोही ठाउँ बस्ने १८ वर्षीय राजेश पासवान छन् ।
सोमबार चोहर्वा–सिरहा–माडर सडकअन्तर्गत नरहा गाउँ पालिका–३बाट प्रहरीले दुई जना युवकलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ ग¥यो । इलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–८ का २२ वर्षीय दीपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका–१ का २५ वर्षिय गोकर्ण थापालाई पक्राउ गरेको हो ।
भारतीय सहर जयनगरबाट स २ प ४४७९ नम्बरको मोटर साईकलमा चोहर्वातर्फ आइरहेका यादव र थापको साथमा रहेको काट्र्रन खानतलास गर्दा प्रहरीले डाइलेक्स डिसी ९१ बोटल, नाइट्रोसन २० चक्की र पेन्टाल्याब २१ एमपुल बरामद गरेको एसपी श्रेष्ठले बताए । पक्राउ परेकाहरु काट्र्रनमा प्याक गरी लागूऔषध ल्याउँदै गरेको अवस्थामा फेला परेको श्रेष्ठले बताए ।
दुई दिनभित्र सिरहा प्रहरीले ६ जना युवकलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ प¥यो । फक्राउ पर्नेहरुसिरहा, धनुषा र उदयपुर जिल्लाका छन् । लागू औषध धन्दामा सीमापारिदेखि पहाडी जिल्लासम्मका युवकको गिरोह सmित्रय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पारि, मधेश र पहाडका युवा हरुको क्रिकोणात्मक संजालले लागूऔषधको कारोबार फैला ईरहेको पाइएको छ । एउटा समूह पारिबाट वारीको सहरसम्म पु¥याउने । अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेश्रो समूह काठमाण्डौलगायतका ठूला सहरसम्म लागूऔषध पु¥याउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
मुख्य श्रोत भारत ः– प्रहरीले पक्राउ गर्ने लागूऔषध सबै भारतीय सहरको औषधि पसलबाट भित्रिएको पाईन्छ । यस क्षेत्रको सीमापारि सहरका औषधि पसलसँगको सेट्रिमा सीमावारीका कारोबारीले सीमामा रहेका सुरक्षाकर्मीलाई मिलाएर लागूऔषध भित्रयाउने गरेको उच्च सुरक्षा श्रोत बताउछ ।
पछिल्लो समय सीमावर्ती भारतीय सहर जयनगर, लौकाहा, खुटौना, ललमनिया, लदनिया लागूऔषध तस्करका लागि सुरक्षित नाका बनेको छ । सप्तरीको बरसाईन, पातो, बेल्ही नाका पनि लागूऔषध तस्करका लागि सुरक्षित नाका रहेका श्रोतले वतायो ।
जति माथि उकल्यो उति बढी दाम ः– लागूऔषध कारोबारीका अनुसार भारतीय बजारमा सुइ जन्य लागूऔषध लुपिजेसिक, फेनारगन, डाइजिल्याब, ब्रुपिनो र्फिन, डाइजेपाम, नाइट्राजिपाम एक सेट (चार एम्पुल) को दुई सय नेपाली रुपैयाँ पर्छ । पारिबाट वारि छिउने बितिकै यसको मूल्य बढेर सात सयसम्म पुग्छ ।
पारिबाट वारि भित्रयाएर जति माथि (पहाडि जिल्ला) पु¥याएन सक्यो उति धेरै मूल्य पाईने कारोबारमा संलग्नहरु बताउँछ् । झन् काठमाण्डौं पु¥याए सेटेको पन्द्र सयदेखि दुई हजार रुपैयाँ सम्ममा विक्री हुने उनीहरु बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »