नया“को आसमा भत्काइयो घर, चार वर्षदेखि त्रिपालमा बास

प्रकाशित समय 12:49:00 AM
सिरहामा ९४४ र सप्तरीमा ९६० परिवारको बिचल्ली
मुकेश यादब
सिरहा । नयाँ घर बन्ने भएपछि बस्दै आएको झुपडी भत्काएका सिरहका र सप्तरीका आर्थिक अवस्था कमजोर भएका दलित परिवारको बिचल्ली भएको छ । ओत लाग्दै आएको झुपडी भत्काए पनि नयाँ घर नबन्दा उनीहरुको बिचल्ली भएको हो । 
नयाँ घर बन्ने आशमा घर भत्काएको सिरहाको मिर्चैया नगरपालिका–१ मलहनिया खोरीको २७ घर मुसहर बस्ती माघको जाडोमा कठ्या·्रिएका छन् । ओत लाग्ने घर नभएपछि त्रिपाल, पराल, झुत्रोले बारेर बस्न बाध्य भएका छन् । उनीहरु यसरी बस्न थालको दुई वर्ष भयो ।  
‘पक्की घर बन्ने आशमा दुई वर्षअघि नै भएको माटोको घर भत्काएँ ।  फुलगेन सदायले दुखेसो पोखे, ‘इँटाको पक्की घरभन्दा त माटोकै पुरानो घरले चिसोमा ओत दिन्थ्यो, कम्तीमा छोराछोरीलाई त सहज हुन्थ्यो ।  पछिल्लो दुई वर्षदेखि बनाउन थालिएको घर निर्माण पूरा नहुँदा घरको न घाटको भएको उनको गुनासो छ । ‘जाडोमा शित छेक्ने ओत समेत खोसियो,  स्थानीय सहदेव सदायले भने, ‘झुत्रो कम्बल ओढेर जहान बालबच्चा को कसरी ज्यान जोगाउने भन्ने चिन्ता बढेको छ ।   
सिरहामा ९४४ घर अधुरै प्रदेश २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयको मातहत रहेको जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३र७४ मा सिरहाका विभिन्न ठाउँमा निर्माण थालिएका ९४४ घर अलपत्र छन् । सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम हेर्दै आएको राजविराजस्थित शहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख कृष्णदव झाले आर्थिक वर्ष २०७३÷७४ मा सिरहाको तत्कालीन छ संसदीय निर्वाचन क्षेत्रमा एक हजार वटा घर निर्माणका लागि बजेट स्वीकृत भएको बताए । त्यसमा क्षेत्र नं. २ मा  १९० र बाँकी पाँच वटामा १६२ वटाको दरले घर बनाइने योजना अनुरुप कार्यक्रम सुरु भएको निमित्त प्रमुख झाले उल्लेख गरे ।  
त्यसमध्ये ९४४ वटा घर निर्माणाधीन रहेको र बाँकी ५६ वटा घर बनाउने जग्गा विवाद लगायतको कारणले सुरु भएको छैन । जनता आवास कार्यक्रम अन्तर्गत दुई वर्षअघि निर्माण थालिएका ९४४ घर अलपत्र छन् भने आर्थिक वर्ष २०७४÷७५ मा स्वीकृत ८०० घरको निर्माणको प्रकृया नै सुरु भएको छैन ।  
सप्तरीमा पनि बेहाल सप्तरी को राजविराज नगरपालिका–९, मलेठ गाउँकी सन्तोषीकुमारी खंगले बस्दै आएको आफ्नो झुपडी भत्काएपछि पछिल्लो दुई वर्षदेखि छिमेकीको आश्रयमा बस्न बाध्य भएको गुनासो गरिन् । सन्तोषीसहित मलेठ गाउँका १२ घर दलित परिवारले घर नबन्दा सास्ती भोग्दै आएका छन् । नयाँ घर पाउने आशमा आर्थिक वर्ष २०७३÷७४ को थालनीसँगै पुरानो घर भत्काइए पनि निर्माणको काम सुस्त हुँदा त्यसको मार ९६० घरधुरी गरिब दलितहरुले खेपिरहेका छन् । 
मलेठका १२ परिवारसहित आर्थिक वर्ष २०७३÷७४ मा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण थालिएका जिल्लाका एक हजार घरमध्ये ९६० वटा घर निर्माणा धीन छन् । चालु आर्थिक वर्षको पछिल्लो असारसम्म जिल्लाका विभिन्न ठाउँमा गरी ४० वटा घर मात्र बस्न योग्य रहेको निमित्त प्रमुख झाले बताए ।  
अलपत्र निर्माण आवासविहीन दलित र मुस्लिम परिवारलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष २०६६÷६७ देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत सप्तरीमा स्वीकृत भएका तीन हजार ५५७ मध्ये एक हजार ७५७ घर निर्माण सम्पन्न भएको कार्यालयको तथ्यांक छ । तर, कर्मचारीका अनुसार आर्थिक वर्ष २०६९÷७० देखि निर्माण सुरु भएका कतिपय घर निर्माण अधुरो छन् । आर्थिक वर्ष २०७४÷७५ का लागि स्वीकृत ८०० घरको प्रक्रिया थलिएको छैन । 
किन बनेनन् घर ? संघीय सरकारको शहरी विकास मन्त्रालयअन्तर्गत रहेको जनता आवास कार्यक्रम संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार मातहत आएको थियो । जनता आवास कार्यक्रम प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयको मातहत आएपछि बजेट तथा कार्यालय व्यवस्थापनलगायतको कारणले निर्माणाधीन घर अलपत्र छोडिएका हुन् । 
वस्ती स्तरमा उपभोक्ता समितिमार्फत् निर्माण गरिने दलित गरिबको घर निर्माणको रकम निकासा नहुञ्जेल समितिले ऋण कर्जा गरेर काम गरे पनि समयमा निकासा नहुँदा समस्या भएको पीडितहरु बताउँछन् । ‘प्रदेश सरकार मातहत आएपछि कार्यालय स्थापना, कर्मचारी व्यवस्थापनसँगै तथ्यांक संकलन र बैंक खाता अध्यावधिक गर्न जुटेकाले काम अघि बढ्न नसकेको हो,  कार्यालयका निमित्त प्रमुख झाले भने, ‘माघको तेस्रो हप्ता नबित्दै सबै उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानी हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »