बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, जिउँदै जलाउने धम्की

प्रकाशित समय 10:20:00 PM
सिरहा । सिरहाको नरहा गाउँ पालिका–३ चन्द्र अयोध्यापुर खोरियामा बोक्सी आरोपमा एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । छिमेकी युवक लाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । घरमा पालिएका पशु–चौपाया लाई घाँसपानी गरिरहेका वेला स्थानीय हुल बाँधेर आएका छिमेकी हरुले लछार पछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् ।
कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटना बारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषी लाई पक्राउ नगरेको पीडितको आरोप छ । यता, घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ । नरहा गाँउपालिका ३ का अमिरी सदायका छोरा करिब १७ वर्षीय सुजितकुमार सदाय लाई भूतप्रेत लगाएको आरोप लगाउँदै छिमेकी सुजितकी आमा, दिदी बहिनी लगायतले लछारपछार पार्दै चौतारामा लगि कुटपिट गरेको महतोले सुनाइन् । ‘घरबाट घिसार्दै चौतारोमा लगेर बोक्सी हुँ भन्न दबाब दिए, उनले भनिन, ‘बोक्सी नस्विकारे जिउँदै जलाउँछौँ भन्ने धम्की दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »