तोडियो रिले अनशन

प्रकाशित समय 1:28:00 AM
१५ महिनाभित्र कमला र बलान पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता
मणिलाल विश्वकर्मा
लहान । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत कमला र बलान पुल निर्माण ६ महिनामा सक्नुपर्ने माग राखी स्थानीयले गरेको रिले अनशन ३३ दिनपछि स्थगित भएको छ । दुवै पुल २ वैशाख ०७७ भित्र निर्माण गरिसक्ने प्रति बद्धतापछि स्थानीयले अनशन तोडेका हुन । सरकारको तर्फबाट संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले अनशनकारी सित प्रतिबद्धता जनाएकी हुन । १७ पुसदेखि हुलाकी सडक संघर्ष समितिले सिरहाको महावीर चोकमा अनशन गर्दै आएको थियो ।
संघर्ष समितिका केन्द्रीय संयोजक रामरिझन यादवले पुल निर्माणका लागि ठेकेदारलाई दबाब दिने र २ वैशाख ०७७ वैशाख सम्ममा सम्पन्न गरी उद्घाटनसमेत गर्ने प्रतिबद्धतापछि अनशन तोडिएको बताए । अनशन तोडाए पछि सभापति खड्का नेतृत्वको टोलीले सिरहादेखि करिब डेढ किलोमिटर पश्चिम पर्ने कमला नदीमा निर्माणाधीन पुलको स्थल गत अवलोकन गरेको थियो । 
प्रधानमन्त्रीले गरे वाचा ः– त्यसअघि शनिबार नै सिरहाको चन्द्र (प्राविधिक) माध्यमिक विद्यालयमा आयोजित सहिद हेमनारायण यादवको स्मृति सभामा प्रधानमन्त्री केपी ओलीले पनि २ वैशाख ०७७ भित्र पुल निर्माण सम्पन्न हुने बताएका थिए । ‘पुलसँगै हुलाकी सडक पनि युद्धस्तरमा बनाइनेछ, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीले कबोल गरेपछि पुल र सडकका लागि भोको पेटमा अब अनशन बस्नुपर्दैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्झौता भएको समयमा काम नगर्ने पप्पु कन्स्टूक्सन कम्पनीलाई कमला र बलान पुलको कामबाट हटाएको बताएका थिए । कमला पुलका लागि बाँकी काम गर्न १३ माघमा लुम्बिनी बिल्डर्स र बलान पुलको बाँकी काम गर्न शर्मा कन्स्ट्रक्सन लाई लिखित सम्झौता गरेर काम दिइसकेको उनले जानकारी दिएका थिए । 
सात वर्षमा पनि सकिएन ः– संघर्ष समितिले पुल र हुलाकी सडक निर्माणका लागि दबाब दिन गत भदौ–असोजमा राजविराज देखि जनकपुरसम्मको ९० किलो मिटर पैदलयात्रा गरी मुख्यमन्त्री लाई ज्ञापनपत्रसमेत बुझाएको थियो । पूर्व–पश्चिम हुलाकी सडकमा पर्ने सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि ३१ जेठ ०६८ मा सम्झौता भएको थियो । ३० मंसिर ०७१ सम्म निर्माण सक्ने लक्ष्य लिइएको पुलको फाउन्डेसनदेखि बिम स्ल्याबसम्मका लागि २८ करोड १५ लाख  पैयाँमा पप्पु लुम्बिनी जेभीले ठेक्का लिएको थियो । तर, दुईपटक म्याद थप्दा समेत नसकिएपछि ३० मंसिर ०७५ सम्म अन्तिम समयसीमा दिइएको थियो ।
बलानको पनि काम थालिँदैः– पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान पुलको काम आगामी एक हप्ताभित्र सु  हुँदै छ । सरकारले बलान पुलको कामबाट पप्पुलाई हटाएपछि शर्मा कन्स्ट्रक्सनले काम थाल्ने भएको हो । १५ फागुन ०६८ मा शर्मा पप्पु जेभीले पाएको ठेक्का सम्झौताअनुसार १४ भदौ ०७२ मै निर्माण सम्पन्न भइसक्नु पर्ने भए पनि काम रोकिएपछि सरकारले बाँकी काम गर्न शर्मा कन्स्ट्रक्सनलाई जिम्मा दिएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »