पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

प्रकाशित समय 12:27:00 AM
काठमाडौं । तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको हो ।
अदालतका न्याययधीश जयश कुमार कटुवालको एकल इजलास ले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरलिे जानकारी दिए । टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्म कैदको फैसला सुनाइएको हो । 
२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो । उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वा्चित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वा्चित भएका थिए । 
पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिक बाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »