सिरहाको सर्रेअम्बास ः जहाँ न विजुली छ, न मोवाइलमा टावर

प्रकाशित समय 12:19:00 AM
मुकेश यादव
सिरहा । तराईका सुगम जिल्लाहरु मध्ये सिरहा पनि एक हो । तर सिरहाको धनगढीमाइ नगर पालिका –१४ भुगौलिक बिक टताले भरिएका छन । यहाको बासिन्दा हरु अहिलेसम्म बिजुली बत्ती हेर्न पाएको छैन् । बिजुली विहिन वडामा सर्वसधानहरु सोलर, टुक्किबाट रात गुजारी रहेको र विद्यार्थीहरु अध्यन गर्न बाध्य छन् ।
पूर्वपश्चिम राजमार्गको जिरो माइलबाट १३ किलोमिटर उत्तरपट्टी रहेको सर्रे अम्बासमा पुस्तौदेखि बसोवास गर्दै आएका बासिन्दाहरु आधारभुत सुविधा बाट पनि बञ्चित रहेका छन् । हाल ६१८ घरधुरी भएको वडामा १७३५ महिला र पुरुष १५७७ जना पुरुष गरी कुल ३३१२ जना जनसंख्या रहेको छ । यहाँका बासिन्दाहरु कष्टकर जीवन यापन गर्दै आएका छन् । भारी सामानहरु बोक्ने, गाईवस्तुहरु पाल्ने, मेहनत मजदुरी गरी जीविकापार्जन गर्ने गर्छन् ।
संचार, मनोरंजन भन्ने थाहा नै रहेनछ । किनकी त्यहाँका बासिन्दाहरुलाई टेलिभिजन, पत्रपत्रिका वा संचाार के हो थाहै छैन् । स्थानिय बिना श्रष्ठले एक त मोवाईल चार्ज गर्न जेनतेन गरेर सोर्य उर्जा सोलरबाट गरी हाल्छिन् तर मोवाईलमा टावर हुँदैन । कोही एक्कासी विरामी पर्दा, सुत्केरी लाई व्यथा लाग्दा एम्ववुलेन्स पुग्दैन । आगो लाग्दा दमकल पनि आउँदैन– स्थानीय राम प्रतापले सुनाए ।
उनले थपे, ‘आजको आधुनिक र प्रविधिको युग हो र अहिलेको अवस्थामा मानिस चन्द्रमा सम्मको यात्रा गरी सके । त्यहाँ घर पनि बनाउँने कुरो सुनेको छु । तर यहाँका बासिन्दाहरुलाई प्रविधि के हो थाहै छैन ।  भुगौलिक बिकटता कारण बाटोघाटो, यातायात र सञ्चारको निकै समस्या रहेको श्री मदन भण्डारी मेमोरियल आधारभुत विधालयमा कार्यरत महिला शिक्षका रेखा राईले बताइन् । 
वडा सदस्य तथा कार्यपालिका सदस्य हिरादेवि मगरले सम्ब न्धित निकायमा बिजुली बत्ती, विकासका पूर्वाधारहरुका लागि पहल जारी रोखेको बताइन् ।
वडा कार्यालय पुग्न ३ घण्टा यहाँका जनताले कुनै सेवा लिन परेको खण्डमा वडा कार्यालय सम्म पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । वडा कार्यालयमा सेवा लिन आएका ४९ बर्षीय डम्बर बहादुर मगरले वडा कार्यालय पुग्न तीन घण्टा लाग्ने गरेको सुनाए । फाटफुटे मोटर रिक्सा चलेको देख्दा खुसी लागेको उनले थपे । उनले बाटो राम्रो बनाइदिन, विजुली ल्याइ दिन र मोवाइलका लागि टावर बनाइदिन सम्बन्धित निकायसँग माग समेत गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »