प्रदेश २ मा एसइईका सबै परीक्षा स्थगित

प्रकाशित समय 12:29:00 AM
प्रश्नपत्र सार्वजनिक गर्नेलाई कानुनी कारबाही हुन्छ ः मन्त्री पोखरेल
काठमाडौं । शिक्षा मन्त्रालय ले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एकपछि अर्को प्रश्नपत्र बाहिरिए पछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्त र्गतको चैत्र १४ देखि २१ गते सम्म तय भएका सबै विषयका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आइतबारदेखि एसइई परीक्षा सुरु भएको थियो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु पहिले आइतबार अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली र बुधबार गणित विषयको परीक्षा भएको थियो । यी तीन विषयको परीक्षा भने दिनुपर्ने छैन । गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनुअघि नै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेल अध्यक्ष रहेको माध्यामिक शिक्षा परीक्षा संचालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकपछिको पत्रकार सम्मेलनमा प्रश्नपत्र सार्वजनिक गर्ने कार्य अपराधिक क्रियाकलाप भएको बताउँदै उक्त घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले विद्यार्थीको मनोबल घटाउने काम नगरी प्रदेश सरकार, स्थानीय तह, शिक्षक, सुरक्षाकर्मीलगायत सबैलाई परीक्षाको वातावरण बनाउने आग्रह गरे ।
उनले प्रश्नपत्र बाहिर ल्याएर अनियमिता गर्नेलाई कारवाही गर्ने बताउँदै मन्त्रालयको विशेष आग्रहमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग सिआइबीले घटनाको छानबिन गर्ने उल्लेख गरे ।  प्रश्नपत्र बाहिर ल्याउनेलाई कानुनको दायारमा ल्याइने छ । मन्त्रालयको विशेष आग्रहमा छानबिनका लागि सिआइबी पठाएको छ , उनले भने । उनले तीनवटा सुरक्षा घेरामा जनकशिक्षा सामग्री केन्द्रमा छापिएका प्रश्नपत्र कसरी बाहिरिए भन्नेमा आफू अचम्मित परेको बताए ।  तीनवटा सुरक्षा घेरभित्र जनक शिक्षा सामग्री केन्द्रको मुद्रण प्रेसमा छापिए र त्यहाँबाट विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा पठाइएको र त्यहाँबाट परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा प्रहरीको सुरक्षामा पठाइएको पेपर कसरी बाहियो भन्ने विषयमा गम्भीर भएका छौँ । यस्तो अपराध गर्नेलाई कानुनी कारबाही गर्छौँ  उनले भने ।
मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले संचालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गरे । उनले स्थगित भएको परीक्षा यसै महिनाभित्र सञ्चालन गरिनेसमेत बताए । उनका अनुसार २२ गते लिन भनिएको विज्ञान विषयको परीक्षा भने स्थगित गरिएको छैन । प्रदेश सरकारले राजीनामा मागेको विषयमा मन्त्री पोखरेलले पहिले परीक्षाको काम सक्ने त्यसपछि मात्रै अरू कुरा गर्ने बताए । प्रश्नपत्र बाहिरिएपछि मन्त्री पोखरेलको राजीनामा मागिएको थियो । बिहीबार र शुक्रबार लगातार दुई दिन परीक्षा स्थगित भएपछि प्रदेश दुईका विद्यार्थी आन्दोलित बनेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »