सिरहाको मिर्चैयामा महाउत्सव मेला हुने

प्रकाशित समय 3:31:00 AM
गोलबजार,२३ वैशाख । बजाज मोटरसाइकलको उत्पादन प्रवद्र्धनका लागि  आधिकारिक बिक्रेता गुप्ता ब्रोदर्स अटो ट्रेडले सिरहाको मिर्चैयामा महाउत्सव मेलाको आयोजना गरेको छ । ट्रेडका प्रोपराइटर राजु गुप्ताका अनुसार आगामी वैशाख २५ देखि ३० गतेसम्म महाउत्सव मेला चल्नेछ ।
गुप्ता ब्रोदर्स अटो ट्रेडद्वारा सोमबार आयोजित पत्रकार सम्मलेनमा गुप्ताले महाउत्सव मेलामा राष्ट्रिय र स्थानीयरुपमा ख्यातिप्राप्त कलाकार मेलिना राई, कमल खत्री, विकास खतिवडा, सन्नु कुमार, अन्जु यादव र जागेश ठाकुरको प्रस्तुती रहने जानकारी दिए ।
मोटरसाइकल एक्सचेन्ज अफरका अलावा पुराना मोटरसाइकलको न्यूनतम ३० हजार रुपैया“ मूल्य कायम गरी ग्राहकलाई नया“ मोटरसाइकल चढ्ने योजना मेला अवधिभर बजाज कम्पनीले सुविधा प्रदान गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »