फरार भएका थुनुवाहरू लुक्न सक्ने र सीमा काट्ने सम्भावनालाई मध्यनजर गर्दै खोजतलास तीव्र बनाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।कल्याणपुर नगरपालिका–१२ मा भएको वडाध्यक्षको निर्वाचनमा सुरक्षाका लागि प्रहरी खटाइएकाले ड्युटीमा सीमित प्रहरी रहेको मौका छोपेर थुनुवा फरार भएका प्रहरीले जनाइएको छ ।
‘हिरासतबाट भागेका थुनुवा भारततिर भाग्न सक्ने सम्भावनाका आधारमा भारतसँग सीमा जोडिएका ठाढी, झाँझपट्टी, बरियारपट्टी, औरही, लगडिगदियानी, इँटाटार, माडरलगायतका सीमावर्ती नाकाहरूमा प्रहरी परिचालन गरेका छौँ,’ एसपी चतुर्वेदीले भने ।
