घुससहित ट्राफिक प्रहरी पक्राउ

प्रकाशित समय 6:13:00 PM
जनकपुरधाम, १६ मंसिर । धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् । ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट अख्तियारको टोलीले १ हजार घुससहित पक्राउ गरेको हो । पक्राउ परेका उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । मापदण्ड विपरित टिपर चलाएका एक चालकसँग १ हजार घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । अख्तियारको टोलीले पक्राउ परेका प्रहरी सहायक निरीक्षक झालाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »