जनकपुरधाम, १६ मंसिर । धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ । आइतवार साँझ घरमै सुतिको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन् । बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेका छैन् । दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन् । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार बच्चाको खोजी भइरहेको छ । एसपी खनालले भने, ‘दीपनारयाणकी श्रीमती अर्को केटासँग भागेकी छन् ।
त्यसैले उनले नै बच्चा लगेको हुनसक्छ ।’ स्रोत अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि गाउँलेले पालन पोषणका लागि उनको जिम्मा लगाएको थियो ।