नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ । कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो ।
त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ । कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे । महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन् । तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ ।
तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन् । आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन् । पुम्से विधाको महिला १७–२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए । त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन् ।
ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।
