
पार्टी एकताबाट नेकपा भइसकेकोले अव कुनै पक्ष नभनि योग्यलाई सभामुख बनाउनु पर्ने पक्षमा प्रधानमन्त्री ओली उभिएका छन् । स्रोतका भनाइमा सकभर उनी पूर्व एमालेबाटै सभामुख बनाउन चाहन्छन् ।
अध्यक्षद्धयको कार्य विभाजनसँगै मन्त्रीपरिषद्ध पुनर्गठन हुँदा नै सभामुखको पनि नाम टुङग्याउन गरेको पूर्व माओवादी पक्षको जोडबल सम्भव भएन । प्रधानमन्त्री ओली उपनिर्वाचनपछि संसद अधिवेशन बोलाउने र पार्टी्भित्र सभामुख विषयलाई लिएर छलफल गर्ने पक्षमा देखिएकै बेला अकस्मात बिरामी परेपछि तत्कालका लागि त्यो असम्भव जस्तै बनेको छ । स्रोतका भनाइमा अहिले उनी आफ्नो पक्षका नेतालाई सभामुख बनाउन नसके पूर्व माओवादी धारकै आफु निकटस्थलाइ संसदको जिम्मेवारि सुम्पने मनस्रुथितिमा पुगेका छन् ।
पूर्व एमाले पक्षकै माधवकुमार नेपाल धार भने पक्ष विपक्ष नभनि विवादरहित सभामुख हुने नेताको नाम पार्टी बैठकबाटै टुङगो लगाउनु पर्ने पक्षमा छ । संसद अधिवेशन अन्त्य भएको ६ महिनावीचको अवधिमा संसद अधिवेशन बोलाउने परिपाटी रहेकाले पनि पुसको दोस्रो सातातिर संसद अधिवेशन बोलाउनु पर्ने देखिन्छ । त्यसैले, सत्तारुढ नेकपालाई सभामुखको नाम टुंग्याइ हाल्नुपर्ने र अर्कोतर्फ पार्टीकै उपसभामुख रहेकाले त्यसमा पनि व्यवस्थापन गर्नु पर्ने अर्को अप्ठयारो परिस्थितिको सामना गर्नुपर्ने चुनौति छ ।
