घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी युवती बलात्कृत भएकी हुन् । उक्त सैलुनमा पहिलादेखि नै रहेका धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार–२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
मोवाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोवाईल नदिएपछि मोबाईल लिन उनीहरुको डेराभित्र पसेकी युवतीलाई उनीहरु दुवैले ढोकाको चुक्कुल लगाएर करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख एवं प्रहरी निरीक्षक जनक पुरीले बताए ।
घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । तत्काल पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नासाथ सन्तोषको डेरामा पुगेर दुवैलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका युवकहरु र युवतीको समेत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । स्थानीयले भने घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आशंका गरेका छन् ।
