
युवाहरु कुलतमा लागीरहेका युवाहरु सहि बाटोमा ल्याउन पनि खेल जगलते ठूलो बल पुर्याउने गमेयर साहले बताए । उनले खेलको माध्यमबाट मुलुकको नाम, मान, सम्मान र इज्जतका लागि खेलेका खेलाडीलाई थप हौसला बढाउन सम्मान गरिएको बताए । नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उसुतर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए ।
यसअभि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकूदमा उसु खेलमा भाग लिएका थिए । पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको सिंजालीले बताए । उनले भने, ‘‘मुलुकको इज्जतका लागि खेलेको हुँ, स्वर्ण जितेपछि आफ्नै जन्म भूमिका सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’
१३ औं सागमा प्रदेश २ बाट दुई सोर्ण सहित ९ जना खेलाडीले पदक जितेको बताउँदै सिंजालीले प्रदेश सरकारले खेलाडीलाई नसम्झेको दुखेसो गरे । उनले भने, ‘‘खेलको माध्यमबाट देश र प्रदेशकै इज्जत बढेपनि प्रदेश सरकारले खेलाडीहरुलाई नसम्झिँदा खल्लो महसुश भएको बताए ।’ १३ औं सागमा प्रदेश २ को पर्साका विकास थापाले भारोत्तोलनमा स्वर्ण, कराँतेका गंगाराम कुस्वाहार रजत, लेखनाथ मैनाली, रीता कार्की, सुशील क्षेत्री, खोखोेका सीता साह, बुद्ध थापा, इन्द्र राय कुर्मीले कास्य पदक जितेका थिए । आफ्ना खेलाडीहरुले पैदेशको नाम रोशन गर्दा समेत प्रदेश सरकारले सामान्य सम्मान समेत नगरेको प्रति कराँतेका प्रशिक्षक कसम लामाले गुनासो पोखे ।
