प्रदेश २ लाई प्राबिधिक शिक्षाको हब बनाउँछौं : मुख्यमन्त्री राउत

प्रकाशित समय 7:15:00 AM
सिरहा, २१ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राबिधिक शिक्षाको हब रुपमा विकास गर्न लागेको बताए । लहनस्थित जेएस मुरारका क्याम्पसको ३२ औं बार्षिकोत्सव तथा परमेश्वर बिज्ञान प्रयोगशालाको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै गाउँ गाउँमा प्राबिधिक शिक्षालयहरु स्थापना गरि प्रदेश २ लाई प्राबिधिक शिक्षाको हबको रुपमा बिकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको जनाए ।
सामान्य शिक्षाको माध्यमबाट मुलुकको सम्बृद्धि सम्भव नभएभएको भन्दै प्राबिधिक शिक्षालेमात्र मुलुकलाई समृद्ध बनाउने मुख्य मन्त्री राउतले जिकिर गरे । उनले भने, ‘‘आजको जस्तो अक्षर चिनाउने शक्षालेमात्र मुलुक अघि बढ्न सक्दैन, अबको युवापुस्तालाई व्यवसायीक तथा प्राबिधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माण गर्नु पर्छ ।’ प्राबिधिक शिक्षालाई जोड दिदै प्रदेश २ सरकारले प्राबिधिक शिक्षा बोर्ड गठन बिधेयक सदनमा पेश गरिसकेको समेत मुख्य मन्त्री राउतले जानकारी दिए ।  उनले सदनमा प्रस्तुत भएको बिधेयक पारित भएपछि प्रदेशभरीका गाउँ–गाउँमा प्राबिधिक शिक्षालय खोल्ने बाटो खुल्ने दाबी गरे ।
प्रदेशभित्र भएका प्राबिधिक शिक्षालयहरु प्रदेश सरकारलाई संघीय सरकारले हस्तान्तरण नगर्दा प्रदेश सरकार अन्यौलमा परेको उल्लेख गर्दै प्रदेश भित्रका प्राबिधिक शिक्षालयहरुलाई प्रदेश सरकारमा हस्तान्तरण गरिदिन संघीय सरकारसँग आग्रह गरेको बताए । समग्र विकासको मुल आधार नै महिला सशक्तिकरण रहेकोले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने मुख्यमन्त्री राउतले छोरीहरुको शिक्षामा पहुँच पु¥याउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा, साईकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे । 
कार्यक्रममा प्रदेशसभाका सदस्य तथा जेएस मुरारका क्याम्पसका संस्थापक अध्यक्ष लगनलाल चौधरी, प्रदेशसभा सदस्यहरु अशोक कुमार यादव, दिलिप साहले सिरहा जिल्लालाई प्रदेश २ को शैक्षिक हबको रुपमा विकास गर्नुपर्नेमा सहमत रहेको जनाए । लहान नगरपालिकाका प्रमुख मुनी साहले जेएस मुरारका क्याम्पसलाई सामुदायिक क्याम्पसको रुपमा मात्र नभई विश्व बिद्यालयकै रुपमा विकास गर्न चाहेकोले क्याम्पसको विकासका लागि आवश्यक बजेट लगायतका सहयोग उपलब्ध गराउन नगरपालिका तयार रहेको जनाए ।
कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, दाता परिवारका सदस्य तथा उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारका, शालिनी मुरारका लगायतले क्याम्पसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा क्याम्पसको बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कृत समेत समेत गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »