स्थानीय तहलाई क्षमता अभिवृद्धि गर्न सेनाको तालिम

प्रकाशित समय 8:39:00 AM
 सिरहा, ५ फागुन । ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो’ भने जस्तै विपद्बाट जोखिम कम गर्न नेपाली सेनाको प्रयासमा स्थानीय तहले समर्थन जनाएको छ । आगलागी, बाढी, पहिरो, दुर्घटना, सर्पदङ्श र भूकम्पजस्ता विपद्ले मानिसको ज्यान लिने मात्र नभई समाजलाई नै सखाप पार्ने भएकाले यसबाट बच्न र बचाउन श्री शेर गण चोहर्वाद्वारा स्थानीयवासीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालीम शुरु गरेको छ । सिरहाको भगवानपुर गाउँपालिकाबाट शुरु भएको एक दिने सो तालीम जिल्लाका १७ वटै स्थानीय तहमा जनप्रतिनिधिलाई दिने कार्यक्रम रहेको श्री शेर गण चोहर्वाका क्याप्टेन गिरिजा प्रसाद भट्टले बताएका छन् । तालीमले क्षमता अभिवृद्धि गर्नुका साथै कुनै पनि विपद् आइपरेमा तत्काल उद्धार एवम् राहतमा उहाँहरुको सक्रिय सहभागिता हुने र यसबाट जनधनको क्षतिलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिकाको पूर्वमा बलान नदी छन् भने वर्षात्का मौसममा यी नदीले लाखौँका धनसम्पति नष्ट गर्नुका साथै मानिसको जीवन कष्टकर बनाउने गरेको छ । तत्काल राहत एवम् उद्धारमा सक्रिय हुनुपर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी पुग्नु अगावै धेरै जनधनको क्षति हुने गरेकाले स्थानीय तहमा नै तालिक दिने र जनधन हानी हुनबाट बचाउने तालिमको उद्देश्य रहेको छ । विपद् पूर्वतयारी गर्ने दृष्टिले स्थानीय तह यो तालिम हुनु राम्रो र यसबाट हामीलाई ज्ञान, सीप र क्षमता अभिवृद्धि हुने कटहरी गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »