सेना दिवसको अवसरमा कर्मचारी र स्थानीयबीच भलिबल प्रतियोगीता

प्रकाशित समय 8:04:00 AM
सिरहा, ९ फाल्गुन । श्री शेर गणद्वारा सेना दिवस २०७६ को अवसरमा सिरहा जिल्ला स्थित राष्ट्र सेवक कर्मचारी र स्थानिय जिल्लाबासी विच सिरहा नगरपालिका–१ स्थित श्री चन्द्र माध्यमिक विद्यालय प्रांगणमा सिरहा मैत्री पूर्ण भलिवल ट्रफी संचानल गरिएको छ ।
सिरहा जिल्लामा राष्ट्रिय खेल भलिवलको विकासका साथै सरकारी कर्मचारी र स्थानिय जिल्लाबासीको सम्बन्ध विस्तार तथा अन्तर निकाय सम्बन्ध सूधार गर्ने उद्देश्य अनुरुप संचालित उक्त भलिवल प्रतियोगितामा सिरहा जिल्ला प्रमुख जिल्ला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधि, बौद्धिक व्यक्तित्व तथा विद्यार्थीहरु गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगितामा उप–विजेता सिरहा जिल्ला टिम, विजेता राष्ट्र सेवक टिम, रेफ्री तथा सहयोगिहरुलाई प्रम’ख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत अन्य सुरक्षा निकायका प्रमुखहरुबाट मेडल, प्रमाण पत्र, प्रसंशा पत्र तथा नगद पुरस्कार र सिरहा मैत्रीपूर्ण भलिवल ट्रफी प्रदान गरिएको थियो ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »