छिमेकीको घरमा बिहे हेर्न गएका बालक मृत फेला

प्रकाशित समय 8:05:00 AM
सिरहा, ९ फाल्गुन । छिमेकीको विवाह हेर्न गएका एक बालक सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »