ट्याक्टबाट लडेर बालकको मृत्यु

प्रकाशित समय 10:06:00 AM
सिरहा, ७ चैत । भित्रि सडक अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ९ मा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । ट्याक्टरको टेलरमा बसेर कर्जन्हा नगरपालिका ९ टाबरटोलबाट कर्जन्हा गाउँतर्फ गईरहेको अवस्थामा स. १ त ७३६५ नम्वरको ट्याक्टरबाट लडेर कर्जन्हा नगरपालिका ६ का १२ वर्षीय विजय क्षेत्रीको मृत्यु भएको हो ।
ट्याक्टरबाट छातीमा गम्भिर चोटलागेका बालकको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लगिरहेको बेला बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »