उनले आफ्नो जमिनमा परेको भन्दै वन कार्यालयसँग मैखिक अनुमति लिएर काटेको बताएको छ । बनसँग मौखिकरुपमा अनुमति लिएको बताए । राज्यले आफ्नो लगानीमा बषौं पहिला रोपेर हुर्काएको विरुवा उनले मनमानि तरिकाले काटेपनि सम्वन्धित वन कार्यालय भने मौन रहेको छ । वन कार्यालयका कर्मचारीकै मिलेमत्तोमा साहले रुख कटान गरेको स्थानीयको आरोप छ ।
स्थानीयले वन कार्यालयका कर्मचारीलाई जानकारी गराएपनि कुनै वास्ता नगरेको गुनासो गरेका छन् । जिल्ला वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत शुभाषचन्द्र दाससँग बुझ्दा उनले आफूलाई यसविषयमा कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘कुनैपनि रुख व्यक्तिले मनपरी काट्न पाउँदैन, त्यसमा पनि सडक किनारको रुख काट्न त झनै पाउँदैन । उनले कुन प्रकृयाले काटेको हो म चाँडै बुझ्न लगाउँछु ।’
