नौ जना कार्यसमित रहने विद्यालय व्यवस्थापन समितिले केही दिनमै पूर्णता पाउने विद्यालय व्यवस्थापन समितिका सचिव तथा श्री मोहन माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक कुमार यादवले जानकारी दिनुभयो । त्यसबेला मिर्चैैया नगरपालिकाका नगरप्रमुख श्रवण यादव, शिक्षा अधिकारी डम्बरध्वज आङ्दाम्बे, श्रोत व्यक्ति श्यामप्रसाद यादव, वडा नं. ५ का वडाअध्यक्ष धिरेन्द्र कुमार साह लगायत स्थानीय बुद्धिजीवी, पत्रकार, प्रशासन, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति नहुँदा प्रदेशबाट स्वीकृत भएको कम्प्युटर ईन्जिनियरको काम, नमूना विद्यालयको कामकाज, नयाँ शिक्षक भर्ना लगायतका तत्कालै गर्नुपर्ने काम ठप्प भएको थियो । शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएसँगै विद्यालय व्यवस्थापन समिति अभावका कारण रोकिएको कामकाज सुचारु हुने प्रधानाध्यापक अशोक यादवले जानकारी दिनुभयो ।
