गोलबजार नगरपालिकाद्वारा कोरोना सम्बन्धी सचेतना तथा बजार अनुगमन

प्रकाशित समय 10:07:00 AM

गोलबजार, ७ चैत्र । गोलबजार नगरपालिकाको बजार क्षेत्रमा शुक्रबार नगरपालिकाले अनुगमन गर्नुका साथै कारोना भाइरस सम्बन्धमा जनचेतना दिएका छन् । कोरोना भाइरसको त्रासमा बजारमा ग्यास अभाव भएको र चर्को मूल्यमा बिक्री भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको हो । गोलबजार नगरपालिकाका उपप्रमुख रेशम कुमारीले ग्यास बिक्रेताहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न गराउन आग्रह गरेका छन ।
गोलबजारका उपप्रमुख रेशम थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रतिनिधिहरु, सशस्त्र प्रहरी वेस क्याम्प गोलबजारका प्रतिनिधिहरु, सम्बन्धी वडाका अध्यक्ष, नगर प्रवक्ता, कृषि शाखा प्रमुख, स्वास्थ्य शाखा प्रतिनिधि, पत्रकार उद्योग व्यापारी, संघ संस्थाका प्रतिनिहरुले नगरवासीहरुलाई सेवा पुगोस भन्ने उद्देश्यल स्थलगत अनुगमन, निरीक्षण तथा कारोना सम्बनधी सचेतना कार्यक्रम सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »