दलित बस्तिमा कोरोनाको कहर गरिव दलितको चुल्हो बाल्नै मुस्किल

प्रकाशित समय 6:37:00 AM
कमलेश कुमार यादब
सिरहा, २३ चैत । कोभिड १९ का कारण देशनै लकडाउनमा परेका बेला दैनिक मजदुरीबाट जीविका चलाउँदै आएका यहाँका दलितहरुको दैनिकी कष्टकर बन्न थालेको छ । लकडाउनका कारण पछिल्लो १० दिनदेखि मजदुरीगर्न कतै जान नपाएपछि दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरुको दैनिकी कष्टकरबन्न थालेको हो ।
गोलबजार नपा १० धोवियाधारका ३५ वर्षिय शान्ति सदा कृषि मजदुर हुन् । लकडाउन पछि गिरहतले काममा नलाउँदा उनको दैनिकी मुस्किल बनेको छ । कामगर्न गएको श्रीमान पनि नआउने र आफ्नो कमाई पनि नभएपछि उनले आफ्ना २ छोरा र छोरीलाई अचारसँग भातख्वाउनु पर्ने बाध्यता सुनाए ।
 भाईरसको हल्ला पछि हामीलाई कसैले घरमा पनि जान दिदैंनन्, कामत परैको कुरा भयो । शान्तिले भनिन, ‘काम  गर्न नपाएपछि तरकारी दाल जोहो गर्नै समस्या, जसोतसो चामल ल्याएका छौं बारीमा फलेको टमाटर आचार बनाएर छाक टारेका छौं । छोरा छोरी दाल तरकारीको लागि झगडा गर्छन मैले कहाँबाट ल्याउने ।’
धोविया धारकै ४० वर्षिय सुरेश सदाको अवस्था पनि उस्तै छ । ज्याला मजदुरी र जंगलबाट ल्याउको काठ दाउरा बेचेर गुजारा चलाउँदै आएका उनको दैनिकी पनि विचल्लिमा परेको छ । ज्याला मजदुरीमा कसैले राख्दैन । हुँदा–हुँदा जंगलबाट ल्याएको काठ दाउरापनि कसैले नकिनेपछि उनी विचल्लिामा परेका हुन ।
लकडाउनपछि भारतका विभिन्न ठाउँमा कामगर्नेहरु फकैर गाउँ पसेपछि छिमेकी गाउँकाले उनीहरुलाई एकप्रकारले नाकाबन्दि नै गरेका छन् । सुरेश सुनाउँछन्, ‘गाउँमा दिल्लिबाट कामगर्नेहरु फर्केपछि छिमेकी गाउँकाहरुले हामीलाई गाउँ पस्न दिएका छन्, नत काममै लगाएको छ । गिरहत हरुलेपनि हामीलाई गाउँ पस्न दिंदैन्, हामीले ल्याएको काठदाउरा किन्नेत परको कुरा भयो । 
धोवियाधारमा करिव ४० परिवार सदाय (मुसरहर) हरुको छुट्टै वस्ती छ । उनीहरुको जिविकाको लाग छिमेकी गाउँहरुमा मजदुरी गर्न जान्थे । मजदुरी नपाईए जंगलबार काठ दाउरा ल्याउने गर्छन् । 
नरहा गाउँ पालीका ५ पानवारीका सदायहरुको अवस्था पनि उस्तै छ । दैनिक ज्याला मजदुरी ठप्प भएपछि हातमुख जोड्नै धौ–धौ परेको छ । स्थानीय ४५ वर्षिय रविलाल सदा पछिल्लो ३ दिनदेखि नुनभात खानबाध्य छन् । घरमा भएको दल तरकारी सकिएपछि उनको परीवार भातमा थोरै पानी लगाएर नुन हाल्छन्, र त्यसैले उनको छाक टरेको छ ।’
दलितहरुको अध्यतिक वसोबास रहेको सिरहामा सदायहरुमात्र करिव ५० हजारको संख्यामा रहेका छन् । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् । 
यता, स्थानीयतहले भने राहत व्यवस्थापनको छलफल तथा नामावलीहरु संकलन गर्ने कार्य गरिहेको जनाएको छ । गोलबजार नगरपालीकाले सवैवडाहरुबाट अतिविपन्न दलित तथा मजदुरहरुको नामसंकलन कार्य संकलनगरी आजै नगरकार्यसमितिको बैठकले निर्णयगर्ने जनाएको छ ।
 धनगढीमाई नगरपालीकाले आफ्नै कोषमा रहेको विपद व्यवस्थापनकोषबाट खर्चगर्नेगरी तयारी गरिरहेको जनाएको छ । धनगढीमाई नगरपालीकाले गाउँमा पुगेर र्याण्डमली राहत वितरणगर्नेभन्दा पनि नाम छनोट गरेर आएपछि उनीहरुलाईमात्र बोलाएर व्यवस्थित गरी राहत वितरण गर्ने योजना बनाईरहेको प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए । 
त्यसैगरी, विष्णुपुर गाउँ पालीकाका अध्यक्ष जागेश्वर यादवले अहिले बसिरहेको गाउँकार्यपालीकाको बैठकले राहतको वितरणको विषयमा टुङ्गो लाउने बताए । उनलेभने, ‘हामी अहिले राहत वितरणकै विषयमा छलफल गरिरहेका छौं, हामी हामी आजै टुङ्गोमा पुग्छौं ।
प्रदेश सरकारले लकडाउनका कारण समस्यामा परेकाहरुको राहतको लागि नगरपालीका तथा गाउँपालीकाहरुलाई आवश्यक रकम पठाईसकेको बताउँदै आएको छ ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »