संसद पुनःस्थापनाबाट कसैको प्रधानन्त्रीबन्ने सपना पुरा हुनेवाला छैनः प्रम ओली

प्रकाशित समय 7:00:00 PM

 सिरहा, १९ माघ । प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी, नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुनै हातलमा संसद पूनःस्थापना नहुने बताएको छ । सिरहा सदरमुकाममा आज आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद स्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुले त्यो सपना नदेखेपनि हुने बताएको हो ।


संसद पुनःस्थापना गरी विभिन्न तिगडम गर्ने, जोडजाडगर्ने, संसद गरिदविक्रि गरेर प्रधानमन्त्री  बन्ने सपना देखेकाहरुको सपना पुरा नहुने प्रधानमन्त्री ओलीले बताए । पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तोकिएकै सयमा निर्वाचन हुन्छ, प्रदेश नं. २ मा पहिचो चरण अन्तर्गत २०७८ बैखाख १७ मै चुनाव हुन्छ ।’

सम्वोधनकै क्रममा प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई चुनावको लागि तयारी गर्न निर्देशन दिए । उनलेभने, ‘पार्टी एकतापछि ३ वर्षदेखि पार्टी÷कार्यकर्ताहरु अकर्मण्यताका शिकार भएका थिए, अव हामी स्पष्ट भईसकेका छौं, सक्रिय भएका छौं, अव आफ्नो योजना सहित चुनावमा जान्छौं ।’

अव चुनाव हुँदैन, संसदपुनःस्थापना हुन्छ भन्नेहरुको भ्रममा नफस्न पनि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई आव्हान गरे । 

मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले पुष्पकल दहाल ‘प्रचण्ड’ लाई लक्षीत गर्दै अव रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने बताए । उनल केही मान्छेहरु अव ‘भेज’ आन्दोलनले चल्नेबाला छेन भनीरहेका छन्, त्यो भनेको के चिकेनचिल्ली चाहियो भनेको हो ? भन्दै मान्छेमार्ने आन्दोलनमा जनताको साथ नरहने बताए । उनलेभने, ‘जनताले आव विकास, समृद्धी, सुशासन चाहेको छ, आदमखोरहरुलाई कसैले साथ दिनेवाला छैन ।’ 

आफूहरु जहिलेपनि देश विकास, समृद्धि र सुशासनको पक्षमा रहेको बताए । उनले आजै धनुषाको ढल्केवरमा स्थापीत विद्युत प्राधिकरणको शवस्टेशन उद्घाटन भएको सुनाउँदै अवको २ वर्षभित्र देशले विद्युत अभाव झेल्नु नपर्ने बताए । 


उनले आफ्नो सरकारको पालामा विकासका धेरै गतिविधिहरु भएको भन्दै अव चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुने पनि सुनाए । उनलेभने, ‘हामीलाई तराइका भूमिलाई सिंचाईको जरुरी छ भन्ने राम्रो सँग थाहा छ, अव यहाँको भूमि सिंचाईको लागि अव चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुन्छ ।’

स्मृती सभामा मन्त्री टोपवहादुर राईमाझीले आफ्नो मन्तव्य ओलीपक्षमा लागेको विषयमा खर्च गरे । उनले आफू विकास, समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेको र त्यसकोलागि प्रधानमन्त्री उपयुक्त पात्र भएको जिकिर गरे । स्मृति कार्यक्रममा मन्त्री प्रभु साह, लिलानाथ श्रेष्ठ, जुली महतो, नेता रघुवीर महासेठ लगाएतको उपस्थिति रहेको थियो । 


प्रधानमन्त्री ओलीले हेमनारायण यादवको शालिका माल्यापर्ण गर्ने क्रममा कडा सुरक्षाविच दहाल–नेपाल पक्षका युवा विद्यार्थीले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने करिव अधादर्जनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखेका छन् ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »