आगामी चैत २ गतेदेखि सप्तरीको बेल्ही चपेनामा १०८ मण्डपसहितको विष्णु महायज्ञ हुने

प्रकाशित समय 7:17:00 PM

 शुभ नारायण यादव

सप्तरी, १८ माघ । विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा सीताराम नाम सकिर्तन तथा विष्णु महायज्ञ आयोजना हुने भएको छ । आगामी चैत २ गतेदेखि १२ गतेसम्म नवरात्री १० दिन सम्म आयोजना हुने भएको हो ।

सीताराम नाम सकिर्तन एव विष्णु महायज्ञ समितिले आइतबार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जगतनन्दन दास पगला बाबाले यस्तो जानकारी दिएका छन् । आयोजित पत्रकार सम्मेलनमा झन्डै १ करोड खर्च हुने अनुमान गरिएको उनले बताए । त्यस्तै महायज्ञ नेपालमै पहिलोपटक सप्तरी जिल्लामा हुन गइरहेको आयोजकले जनाएको छ ।

विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना हुने सो बिष्णु महायज्ञको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिका संयोजक गजेन्द्र मण्डलले जानकारी दिए । स्थानीयबासीहरुको सहयोगमा १०८ मरवासहित भव्य महायज्ञ गर्ने तयारिमा रहेको तथा सो महायज्ञमा १०८ मण्डली आफ्नै गाउँमा जिल्लामा २४३ मण्डली रहने आयोजकले जनाएको छ ।

गाउँबासीहरुले आफुखुशी आर्थिक सहयोग दिन तयार रहेको तथा झण्डै १ करोड मूल्य बराबरको अनुमानित खर्च हुने तथा सो महायज्ञमा २५ सय मण्डली रहने आयोजकले जनाएको छ । सो महायज्ञबाट आएको आम्दानीलाई रामजानकी मन्दिरलाई संरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको तथा उक्त महायज्ञमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

उक्त महायज्ञमा करिब ५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेको सन्योजक मण्डलले जानकारी दिए । नेपालमै पहिलो पटक ७७ जिल्लामै सप्तरीमा सो बिष्णु महायज्ञ हुन गइरहेको तथा सो महायज्ञलाई सफल पार्नका लागि सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव मनोजले गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »