निलम्बित मेयरका छोराले राति घर पसेर गरे दलित परिवारमाथि कुटपिट

प्रकाशित समय 9:01:00 AM

  सिरहा, ९ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरा सहितको समूहले महरा परिवारमाथि मरणासन्न हुने गरी कुटपिट र अभद्र व्यवहार गरेका छन् । रक्सीले मातेका निलम्वित मेयरका कान्छा छोरा दिनेश मण्डल, मेयरका भाई विष्णु मण्डलका छोरा राकेश मण्डल सहितका समूहले कल्याणपुर नगरपालिका–३ का कृपाल महराकी ४० वर्षीया श्रीमति सीता देवी महरा र १६ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेको हो ।

मेयर सूर्यनाथ मण्डल एक वर्ष अघि अख्तियार दुरुपयोगको मुद्दामा निलम्वनमा छन् । रक्सीले मातेका उनीहरुले आमा र छोरालाई दलित बस्तीमा गएर मरणासन्न हुने गरी कुटपीट र अभद्र व्यवहार समेत गरेको उनीहरुले जनाएको छ ।

रक्सिले मातेका उनीहरुले दलित बस्तिमा जथाभाभी माटोको डल्ला र ढुंगा फालिरहेको समयमा दलित महिलाले यति राति कसले मेरोघरमा ढुंगा हानेको भन्न नपाउँदै नसामा रहेका उनीहरुले महरा आमा छोरालाई अभद्र व्यवहार गर्दै मरणासन्नगरि कुटपिट गरेको बताइएको छ ।

कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सी खाएर मेरो आमालाई ‘चमार्नी’ तलाई कसले काम दिन्छ भन्दै फोहोर गाली गर्नुका साथै घिसारी घिसारी कुटपिट गरेको बताए । त्यही क्रममा मैले आमालाई किन कुटेको भन्दै प्रतिकार गर्न खोज्दा मलाई पनि कुटपिट गरेको सुनाए । घाईते आमा, छोराको उपचार कल्याणपुर ११ स्थित एक स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

घटनाकै क्रममा कल्याणपुर ईलाका प्रहरी कार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको बताइएको छ । कल्याणपुर प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।

दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्र व्यवहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नुपर्ने माग गरेको छ । उनले दोषीमाथि कार्वाही हुनुपर्ने बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »