छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी

प्रकाशित समय 9:37:00 AM

सिरहा, १७ साउन । 
 सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब सवाँ ७ बजेतिर चाँदीको मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको उनले बताए । मुकुटको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »