हरेक क्षेत्रमा समन्वय गर्न प्रमुख सेनानी गौली अब्बल व्यक्तित्व भएको बताउनु भएको छ । जस्तो सुकै अवस्थामा पनि खटिने स्वाभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी कणेलले प्रमुख सेनानी गौलीको प्रशंसा गर्दै सम्मान पत्र प्रदान गर्नु भएको छ ।
गणपति÷प्रमुख सेनानी जितेन्द्र कुमार गौली २७ महिनाको कार्यकाल पुरागरी शेर गण चोहर्वा–सिरहावाट बिदाइ भएर जानुभएको छ । प्रमुख सेनानी गौलीको ठाउमा नयाँ आउनु भएका गणपति÷प्रमुख सेनानी सुमन थापाको स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डे, सशस्त्र प्रहरी वल नेपाल ७ गण सिरहाका गण पति प्रहरी उपरिक्षक दिपन्द्र गिरी लगातका उपस्थिति रहेको थियो ।
