चाँदीको मुकुटसहित चोर पक्राउ

प्रकाशित समय 10:08:00 AM

 सिरहा, १८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित चोर पक्राउ परेका छन् । व्यापक खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल छन् । उनलाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धन गरिरहेको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मन्दिरबाट भगबतीको चाँदीको मुकुट चोरी भएको थियो ।घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । खोजविनको लागि सप्तरीको सीमानाकाहरु बन्द गरिएको थियो ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »