सिरहा प्रहरीको सफलताः लागुऔषधसहित तस्कर पक्राउ

प्रकाशित समय 10:10:00 AM

  सिरहा, १८ साउन । भारिमात्रामा लागुऔषध सहित सिरहा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले  जिल्ला सिरहा लहान नगरपालिका–१ स्थितमा ईलाका प्रहरी कार्यालय लहान सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

भारतीय नाका हुदै लहान आउदै गरेको अवस्थामा संयुक्त प्रहरी टोलीले को.२६ प. १८९ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा भारिमात्रामा लागुऔषध बरामद भएको हो । मोटरसाईकल चालाएर आउदै गरेका सिरहा नवराजपुर गा.पा.५ वस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुतको साथबाट नाईट्राभेट १० लेखिएको ४ हजार,७ सय४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल,फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डि.सी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताए ।

पक्राउ परेका सिंह राजपुत र लागुऔषध सहित मोटरसाईकललाई आवश्यक कार्यावाहीका लागि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्त बुढाथोकीले बताए । अबैध लागु औषध तथा मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ । सिरहा प्रहरीले देखाएको सकृयताले लागुऔषध डोवानी कर्ता तथा अपराध गर्ने गिरोहीको भागभाग मचेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »