नेपाली कांग्रेस सिरहा सबै स्थानीयतहका अधिवेशन सम्पन्न, १४ मा सर्वसम्मत, ३ मा निर्वाचन

प्रकाशित समय 5:53:00 PM

सिरहा, ९ मंसिर । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत सिरहाका १७ वटै स्थानीय तहको पदाधिकारी चयन भएका छन् । १४ स्थानीय तहको सर्वसम्मत र तीन वटाको निर्वाचनमार्फत समिति चयन भएको हो । लहान, धनगढीमाई र सुखिपुर नगरपालिकामा नेतृत्व चयको लागि मतदान भएपनि बाँकी १४ तह सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत संजिव लामाले जानकारी दिए । अधिवेशनले सिरहामा अषिशलाल यादव, मिर्चैयामा रमेश न्यौपाने, कल्याणपुरमा कृष्णा साह, कर्जन्हा
मा मानबहादुर पाण्डे, गोलबजारमा राजदेव साह ‘लालबाबु’ धनगढीमाईमा सरोज महतो, लहानमा रासलाल राय र सुखिपुरमा प्रभाष कुमार यादवको सभापतित्वमा नगरस्तरीय समिति चयन भएको छ । त्यसैगरी, लक्ष्मीपुरपतारीमा विद्यानन्द साह, भगवानपुरमा सुभाष यादव, नवराजपुरमा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव, नरहा कमल प्रसाद मण्डल, सखुवानन्कारकट्टीमा बालकृष्ण यादव, अर्नमामा धर्मवीर कामती, औरहीमा महेन्द्र यादव र विष्णुपुर गाउँपालिकामा जयदेव यादव सर्वसम्मत गाउँ सभापति निर्वाचित भएका छन् । सिरहामा सवै पालिकाहरुको लागि पटक पटक सर्वसम्मतीको प्रयास भएपनि तीनवटा गरपालिकामा चुनावमा जानुपरेको जिल्ला सचिव पञ्चलाल महतोले जानकारी दिए । क्षेत्रिय सभापतिको लागि सहमतिको प्रयास भईरहेको निर्वाचन अधिकृत लामाले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »