जनकपुरधाम, ९ मंसिर । हात्तीको आक्रमणमा परि मृत्यु भएका परिवारलाई संघ सरकारले १० लाख राहत प्रदान गरेको छ । हात्तीको आक्रमणमा परी मृत्यु भएका धनुषाको मिथिला नगरपालिका वडा नंं ८ का वर्ष ८० वर्षीय पदमबहादुर खपतडी मगरका श्रीमती टुकीमाया खपतडी मगरलाई बिहिबार राहत स्वरूप १० लाखको चेक हस्तान्तरण गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन अधिकृत सुनिल कर्णले संयुक्त रुपमा मृतक परिवारलाई चेक प्रदान गरेका छन् । २०७७ लाल चैत १६ गते घरमा सुतिरहेको समयमा जंगली हात्तीले आक्रमण गर्दा मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।
