लागुऔषध ओसारपसार गर्ने चार ट्रकसहित पक्राउ

प्रकाशित समय 6:09:00 PM


पर्सा, ९ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध ओसारपसार गर्ने ४ जनालाई २ वटा ट्रकसहित गएराति पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२५ बहुअरी सडकखण्डबाट ना ३ ख ८८०८ नम्बरको मिनी ट्रक र ना ५ ख ६८७७ नम्बरको ट्रकसहित ती ट्रकमा रहेका ४ जनालाई पनि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

उनीहरूले प्रतिबन्धित लागुऔषध कोरेन्स ५४ र २ सय २३ बोतल गरी जम्मा २ सय ७७बोतल लुकाइछिपाई लाँदै गरेको वेला पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । दुवै ट्रक वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहबाट परवानीपुरतर्फ जाँदै थिए । प्रहरीले ट्रकको जाँच गर्दा चालक बस्ने सिटमुनि लुकाइछिपाई लाँदै गरेको प्रतिबन्धित लागुऔषधमध्ये ना ३ ख ८८०८ नम्बरको मिनी ट्रकबाट कोरेक्स ५४ बोतल र ना ५ ख ६८७७ नम्बरको ट्रकबाट २ सय २३ बोतल बरामद भएको उनको भनाइ छ ।

चालककै सिटमुनि लागुऔषध फेला परेपछि गाडीमा रहेका चारै जना, ट्रक र लागुऔषधसँगै प्रहरीले नियनन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका उपरीक्षक खनालले बताए । लागुऔषध र ट्रकसहित नियन्त्रणमा पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–७ का ४५ वर्षीय राजु बस्नेत, ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा नगरपालिकाकै वडा नम्बर ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ र झापा जिल्ला मेची नगरपालिका–१ का ५० वर्षीय गोपाल थापा रहेको पर्सा प्रहरीले जनाएको छ । उनीहरूलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको डिएसपी खनालले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »