कोशी नदीमा हाम फालेर स्वास्थ्यकर्मीले गरे आत्महत्या

प्रकाशित समय 6:19:00 PM

  जनकपुर, ११ मंसिर । सप्तरीमा एक स्वास्थ्यकर्मीले कोसी नदीमा हाम फालेरे आत्महत्या गरेका छन् ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हामफालेर स्वास्थ्यकर्मीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।


शनिवार दिउँसो करिब पौने १२ बजेको समयमा झापाको दमक नगरपालिका वडा नं. ६ मा घर भई हाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा अहेवको रुपमा कार्यरत ४५ वर्षीय सुभाष नेपालले आत्महत्या गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन् । के कारणले नेपालले नदीमा हाम फालेको नखुलेको प्रहरीले जनाएको छ । नेपालले नदीमा हाम फालेपछि प्रहरीले खोज्दै जाँदा करिब अढाई बजे शव फेला परेको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »