गोलबजार, २६ पुस । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा बजाजले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।
बजाजको नयाँ बाइक चढ्न चाहने ग्राहकलाई लक्षित गदै बजाजले पुरानो बाइकको मूल्यलाई नै डाउन पेमेन्टको रूपमा लिएर एक्सचेन्जको सुविधा ल्याएको हो । जुनसुकै कम्पनीको मोटर साइकलको अधिक मूल्यांकन तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा समेत रहेको मिर्चैयाको गुप्ता ब्रोदस अटो ट्रेडका सञ्चालक राजु गुप्ताले जानकारी दिए । सरल फाइनान्सका लागि सवारी चालक अनुमति पत्र र सिरहा जिल्लाको नागरिकता मात्र चाहिने उनले जानकारी दिए । यो योजना यही पुस ३० गते सम्म उपलब्ध रहेको गुप्ताले बताए ।
