कार दुर्घटनमा एकको मृत्यु

प्रकाशित समय 6:21:00 AM

  सिरहा, ३० फाल्गुन । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।  घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »