जसपामा दुव्र्यवहार भएपछि एमाले प्रवेश गरें : मेयर सरावगी

प्रकाशित समय 6:27:00 AM

  काठमाडौं, ३० फाल्गुन । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमले प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे । उनले भने ‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले राख्नुपर्थ्यो । किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिइन । म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिँदादिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुर्व्यवहार हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेका थिए । मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिए कि, म यो यो ढंगले पार्टीमा बस्दिन  । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजे ।’

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकास प्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए ।  उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको समेत बताए । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, सोही जिम्मेवारी लिने पनि उनले बताए ।

उनले भने ‘म जुन (एमाले) पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरि कहिल्यै पनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, मैले कसरी आफ्नो पर्फमेन्स गरे । उहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »