सुखीपुर नगरपालिकामा दलित परिवारलाई निःशुल्क ग्यास सिलिण्डर र चोल्हो वितरण

प्रकाशित समय 9:48:00 AM




सिरहा, १३ चैत्र । सिरहाको सुखीपुर नगरपालिकाले ‘दलित घर धुँवामुक्त घर” कार्यक्रम अन्तर्गत नगरपालिकाभरीका १६ सय ८० दलित घरधुरीलाई ग्यास सिलिण्डर, ग्यास लाईटर सहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम अन्तरगत नगरपालिका अन्तर्गत १० वटै वडाका फारम गरेको सम्पूर्ण दलित परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको नगरपालिका नगर प्रमुख राम औतार यादवलले जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक बर्षमा “दलितको धुँवामुक्त घर” कार्यक्रम अन्तरगते निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको नगरपालिकामा नगर प्रमुख यादवले बताउनुभयो । नगरपालिका भरीका १६ सय ८० दलित घर परिवारलाई ग्यास वितरण गरिएको र छुटेकोहरुलाई निकट भविष्यमा वितरण गरिने उहाँले बताउनुभयो ।

ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको सुखीपुर नगरपालिका वडा नम्बर ८ की आशा पासमानले बताईन । ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, गाई भैसीको गोवरबाट बनेको गोईटा भन्सा गर्नु परेको बाध्यता थियो’, उहाँले बताईन् । ‘नगरपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि दाउरा र धुँवाको झन्झट हट्नेछ ।’

नगरपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयहरुले बताउनुभयो । नगरपालिका नगर प्रमुख यादवको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको सहभागिता रहेको सुखीपुर नगरपालिकाका ईन्जिनियर डोमी यादवले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »