वर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य चौकी शिल्यान्यास

प्रकाशित समय 6:26:00 AM

  सिरहा, ३० फागुन । गोलबजार नगर पालिकाका मेयर देवनाथ साह र उपमेय रेबम कुमारी थापाले वडा ३ मुसहर्नियामा वर्थिङ्क सेन्टर सहितको स्वास्थ्य चौकीको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् । शिल्यान्यास कार्यक्रममा मेयर साहले जनताहरुलाई डाँडामा रहेको स्वास्थ्य चौकीमा जान–आउन धेरै नै अप्ठयारो भैराखेको र भूकम्प आएको बेला वालहरु चर्केरका कारण कामै नलाग्ने अवस्थामा पुगेकाले नयाँ स्वास्थ्य चौकी भवन बन्न लागेको बताए ।

उनले भने, ‘यहाँ पहिला देखिनै स्वास्थ्य चौकीभन भएपी त्यो अपायक ठाउँमा र भुकम्पले चिरापरेकाले बिरामी परेको बेला सजिलो होसभनी सडक किनारमै वर्थिङ्क सेन्टर सहितको स्वास्थ्य चौकी निर्माण गर्न लागेको जनाए । उनले यो स्वास्थ्य चौकी निर्मायापछि यहाँका जनताले थप सुविधा पाउने बताए ।

नगरले यसक्षेको विकासमा योजनाबद्ध कार्य गरिरहेको भन्दै यसलाई भविष्यमा आउने नेतृत्वले पनि निरन्ता दिने विश्वास व्यक्त गरे । भबन निर्माणको काम आज बाट सुरु भैसकेको वडा ३ का वडा अध्यछ धन प्रसाद लामाले बताए । उनले आफूले निर्वाचित भईसकेकै दिनदेखि यहाँको जनताको आवश्यकता, माँग अनुसार कार्यगरिरहेको जनाउँदै यो पनि त्यसैको निरन्तता भएको बताए । स्वास्थ्य चौकी निर्माणको लागि स्थानीयले जग्गा दान गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »