सिरहा नगरपालिकामा नेकपा एमाले निर्वाचित

प्रकाशित समय 7:31:00 AM

  सिरहा, ५ जेठ । सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले यादव र साह निर्वाचित भएका छन् । एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन् । उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धीहरु नेपाली कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार पाँच ८९, जनता समाजवादी पार्टी नेपालकी शशी ऋषि मित्रा माझी मुसहरले सात हजार ८ सय ५५ प्राप्त गरेक छन् ।

मेयरमा निर्वाचित. यादव यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । त्यसवेला उनी १ सय ७१ मत्रान्दरले पराजित एका थिए । नगरको २२ वडामध्ये नेकपा एमाले ७, नेकपा एकीकृत समाजवादी ५, नेपाली काँग्रेस र जसपा ४÷४ वडामा विजयी भएका छन् । एउटामा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष बनेका छन् ।

जसमध्ये जसपाका तर्फबाट वडा नम्वर १ मा महेश कुमार यादव ९ सय मत, ९ मा रामदयाल यादव ९ सय ६३ मत, ११ मा विनोद कुमार कामती ६ सय ५३ मत र १५ मन्वर वडामा राम सोभित यादव ४ सय ५१ मत प्राप्त गर्दै विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर २ मा राकेश कुमार यादव ९ सय मत, १७ मा उमेश प्रसाद यादव ५ सय ८२ मत, १८ मा शैलेन्द्र कुमार यावदव ६ सय ६९ मत, २० मा रामचन्द्र यादव ८ सय ४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेकपा एकालेको तर्फबाट वडा नम्वर ३ मा प्रदिप कुमार मण्डल ५ सय ३० मत, ८ मा योगेन्द्र हजरा यादव ४ सय ९६ मत, १० मा दिपक मुखिया ८ सय ५३ मत, १२ मा शिवशंकर झा १ हजार ८८ मत, १३ मा सचेन्द्र कुमार साह ४ सय १५मत, १४ मा उपेन्द्र मण्डल ५ सय ८० मत र १६ मा धिरेन्द्र प्रसाद मर्वैता ९ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यसैगरी, नेकपा एसका तर्फबट उम्मेदवार वनेकका ४ नम्वर वडाका मो. शमशाद ६ सय ५४मत, ५ मा जागेश्वर यादव ३ सय ८२ मत, ६ मा इन्द्रजित कुमार गोठिया ६ सय ५४ मत, ७ मा विनोद कुमार यादव ३ सय ५६ मत, २२ मा जिवछ नारायण यादव ८ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका आशोक कुमार यादव ८ सय ६२ मत प्राप्त गर्दै विजयी भएको छ भने वडा नम्वर १९ मा स्वतन्त्र उममेदवारी दिएका सरेन्द्र मण्डल ४ सय ७० मत सहित निर्वाचित भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »