बाबु र छोराको हत्या

प्रकाशित समय 8:46:00 AM

  सिरहा, ८ जेठ । सिरहाको अर्नमा गाउँपालिकामा शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै १२ बजेतिर सुतेपछि दुवैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार राति १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख ३ बजेतिर हत्याको घटना गाउँभरि फैलिसकेको हुनाले साढे २ बजेको आसपासमा त्यो घटना भएको हुनसक्छ  । घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । ‘घटना भएको छ, हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ । 

सम्बन्धित समाचार

Latest
पुराना समाग्री
Next Post »