प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा लडेका कुशवाहा पराजित

प्रकाशित समय 7:40:00 AM

  जनकपुरधाम, ५ जेठ । मधेश प्रदेशको प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा लडेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका हुन् ।

कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका छन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका छन् । कुशवाहा दोस्रो नम्बरमै सीमित भएका हुन् ।

गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »