अर्नमा गापामा जसपाका जिल्ला अध्यक्ष अशोक यादव निर्वाचित

प्रकाशित समय 7:37:00 AM

  सिरहा, ५ जेठ । सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार यादव विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका चन्देश्वर मण्डललाई ४ सय २३ मतले पछि पार्दै जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादव निर्वाचत भएका हुन् ।

अन्तिम परिणाम अनुसार ३ हजार ३ सय ३३ मत प्राप्त गर्दै यादव विजय हुँदा निकटतम प्रतिद्वन्द्वि चन्द्रश्वर मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका छन् । जित्ने सुनिनिश्चिताको साथ उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले फराकिलो पराजय भोगेको छ । यस अघिको निर्वाचनमा पनि उनी दोस्रो स्थानमा थिए ।

निवर्तमान गाउँ पालिका अध्यक्ष ठक्कु महतो कोईरी २ हजार २ सय २० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । गाउँ पालिकाको जम्मा ५ वटा वडा मध्ये एउटा नेकपा माओवादी केन्द्र र २÷२ वटा जसपा र नेकपा एमालेले जितको छ । वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रको गफार मियाँ ९ सय १० मत ल्याएर विजय भएको छ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्वर २ का दिपेन्द्र यादव ४ सय ७० र वडा नम्वर ४ का शिव शंकर यादव ५ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । जसपाका तर्फबाट वडा नम्वर ३ मा उम्मेदवारी दिएका महेश यादवले १ हजार १ सय २७ र वडा नम्वर ५ बाट मनिकलाल यादव ५ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »