कर्जन्हा नपामा मेयर नेकपा एमालेका पोखरेल र उपमेयर सजपाका राई निर्वाचित

प्रकाशित समय 7:35:00 AM

  सिरहा, ५ जेठ । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार भोला प्रसाद पोखरेल र उप–मेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । पोखरेल ३ हजर ८ सय ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धीहरु जसपाका केशव प्रसाद साहले ३ हजर २ सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा निवर्तमान मेयर गंगा पासवानले २ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् ।

उपमेयर श्रेष्ठ ३ हजार ४ सय ८७ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेकी निर्मला कुमारी देवी पासवानले ३ हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर ज्ञान कुमारी श्रेष्ठले २ हजार ४ सय ५६ मत प्राप्त गरेकी छिन् । नगरपालिकाका जम्मा ११ वडाहरुमध्ये ५ वटामा नेकाप एमाले, ३ वटामा जसपा, एक÷एक ओटामा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन् ।

नेकपा एमालेका तर्फबाट वडा नम्वर १ मा ३ सय २० मत सहित कनिन्द्र प्रसाद पोखरेल, २ मा ६ सय १३ मत सहित जगरनाथ यादव, वडा नम्वर ३ मा ४ सय ३६ मत सहित प्रकाश कोइराला, ९ नम्वर वडामा ३ सय ४६ मत सहित मो. मुस्तकिन र १० मा ४ सय मत सहित सागिर मियाँ निर्वाचित भएका छन् । जनता समाजवादीका तर्फबाट वडा नम्वर ६ मा ६ सय २१ मत सहित प्रकाश मान श्रेष्ठ, वडा नम्वर ८ मा ५ सय ७३ मत सहित शम्भु कुमार व्यार सुडी र वडा नम्वर ११ मा ४ सय ६७ मत सहित किस्मत राई विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्वर ४ मा उम्मेदवारी दिएका प्रताप विश्वकर्मा ४ सय ३६ मत प्राप्त गरी निर्वाचित भएको छ । नेकपा एसका तर्फबाट वडा नम्वर ५ मा दिपक केसी २ सय ८० मत र वडा नम्वर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामसेवक यादव ४ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन् ।

२०७४ को स्थानयि तह निर्वाचनमा प्रमुख, उपप्रमुख बहुमत वडा सहित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । यो पटक माओवादी तेस्रो स्थानमा पुगेको छ । यस पालिकामा १० हजार ६ सय ८५ पुरुष र ९ हजार ७ सय ८२ महिला सहित २० हजार ४ सय ६७ मत दाता रहेको छ । जसमध्ये १५ हजार एक सय ३३ मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »