मधेश प्रदेशमा दोश्रो महिला गीता चौधरी बनिन् मेयर

प्रकाशित समय 7:36:00 AM

  सप्तरी, ५ जेठ । मधेश प्रदेशमा दोश्रो महिला मेयरमा निर्वाचित भएका छन् । सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा गीता चौधरी निर्वाचित भएकी छन् । काँग्रेसकी उम्मेदवार चौधरी ३ हजार बढी मतान्तरले नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीलाई पराजित गर्दै विजयी भएकी हुन् । गीताले ७ हजार २९२ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ मत मात्र ल्याउन सके ।

तेश्रो नम्बरमा जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए । यस्तै उपमेयरमा काँग्रेसकै रुद्रबहादुर कार्की निर्वाचित भएका छन् । उनले ६ हजार २७५ मत ल्याएका छन् । एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ मत मात्र ल्याउन सकिन् । तेश्रो नम्बरमा माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ मत ल्याएका छन् । गीता चौधरी मेयरमा निर्वाचितसंगै मधेश प्रदेशमा दुईजना महिला मेयर भएकी छन् । रौतहटको मौलापुर नगरपालिकामा नेकापा एमालेबाट पुनः रिनाकुमारी साह निर्वाचित भएकी छन् । उनी एमाले नेता प्रभु साहकी श्रीमती ह्न् । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »