विशेष समाचार
राष्ट्रिय समाचार
राजनीति
स्थानीय
ताजा समाचार
प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा लडेका कुशवाहा पराजित
Breaking Headline1 Headline2 राजनीति स्थानीयजनकपुरधाम, ५ जेठ । मधेश प्रदेशको प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा लडेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका हुन् ।
कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका छन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका छन् । कुशवाहा दोस्रो नम्बरमै सीमित भएका हुन् । गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका थिए ।
मधेसका मुख्यमन्त्रीका पूर्व स्वकीय सचिव यादवको जमानत जफत
Breaking Headline1 Headline2 राजनीति स्थानीय निर्वाचन अघिसम्म उनी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव थिए । पदबाट राजीनामा दिएर उनी स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा कांग्रेसकी ममता महतोले ४४४४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्तुरा देवीले ४०१३ मत ल्याइन् ।
अर्नमा गापामा जसपाका जिल्ला अध्यक्ष अशोक यादव निर्वाचित
Breaking Headline1 Headline2 राजनीति स्थानीयसिरहा, ५ जेठ । सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार यादव विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका चन्देश्वर मण्डललाई ४ सय २३ मतले पछि पार्दै जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादव निर्वाचत भएका हुन् ।
अन्तिम परिणाम अनुसार ३ हजार ३ सय ३३ मत प्राप्त गर्दै यादव विजय हुँदा निकटतम प्रतिद्वन्द्वि चन्द्रश्वर मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका छन् । जित्ने सुनिनिश्चिताको साथ उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले फराकिलो पराजय भोगेको छ । यस अघिको निर्वाचनमा पनि उनी दोस्रो स्थानमा थिए ।निवर्तमान गाउँ पालिका अध्यक्ष ठक्कु महतो कोईरी २ हजार २ सय २० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । गाउँ पालिकाको जम्मा ५ वटा वडा मध्ये एउटा नेकपा माओवादी केन्द्र र २÷२ वटा जसपा र नेकपा एमालेले जितको छ । वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रको गफार मियाँ ९ सय १० मत ल्याएर विजय भएको छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्वर २ का दिपेन्द्र यादव ४ सय ७० र वडा नम्वर ४ का शिव शंकर यादव ५ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । जसपाका तर्फबाट वडा नम्वर ३ मा उम्मेदवारी दिएका महेश यादवले १ हजार १ सय २७ र वडा नम्वर ५ बाट मनिकलाल यादव ५ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन् ।